श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल भाद्र महिनाको २७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको १२ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र कृष्णपक्षको दशमी तिथि राति ११।२५ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । आद्र्रा नक्षत्र दिवा १।०० बजेसम्म रहनेछन् । यसैगरी आज व्यतीपात योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ५।४८ मा छ भने सूर्यास्त बेलुका ६।१० बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा रहेका छन् ।
आज शनिवार शिवजीको उपासनाका साथै पिपलको दर्शन एवं पूजन लाभदायी रहनेछ । यसैगरी सोह्रश्राद्धअन्तर्गत आज दशमी तिथिको श्राद्ध गर्ने दिन परेको छ ।