आज चतुर्दशीश्राद्ध, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ भाद्र ३१ गते


हरेकपल September 15, 2020

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल भाद्र महिनाको ३१ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको १६ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत आश्विन कृष्णपक्षको चतुर्दशी तिथि बेलुका ६।५९ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । मघा नक्षत्र दिवा १२।३ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।५० मा छ भने सूर्यास्त बेलुका ६।५ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका छन् ।

आज सोह्रश्राद्धअन्तर्गतको चतुर्दशी श्राद्ध परको छ । दुर्घटना, शस्त्रअस्त्रादिबाट देहान्त्य भएका, पितृको आज सोह्रश्राद्ध गरिन्छ । यसैगरी चतुर्दशी तिथिको श्राद्ध भने औँसी वा अन्य उपयुक्तसमयमा गर्नुपर्ने शास्त्रीय वचन रहेको पाइन्छ ।