कोरोनाले गम्भीर बनाएपछि हास्यकलाकार मनोज गजुरेल आइसियूमा भर्ना भएका छन् ।
गजुरेल गत कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलेशन बसिरहेका थिए ।
गजुरेलले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि यनलाई गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
थप उपचारको लागि उनलाई बिहीबार आइसियूमा सारिएको पारिवारिक स्रोतले जनाएको छ ।
हरेकपलसँग कुराकानी गर्दै मनोजका दाइ केशव गजुरेलले मनोजको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताए ।