अमेरिकी राष्ट्रपति निर्वाचनः बाइडन जिततर्फ उन्मुख, ५० इलेक्टोरल भोटको अग्रता

अमेरिकाको राष्ट्रपति निर्वाचनमा दुई प्रमुख प्रतिस्पर्धी डोनाल्ड ट्रम्प र जो बाइडनमध्ये बाइडन ५० इलेक्टोरल भोटले अगाडि छन् । बाइडनले हालसम्म २६४ भोट पाएका छन् भने ट्रम्पले २१४ भोट मात्रै पाएका छन् ।

जित्नका लागि २७० भोट आवश्यक हुन्छ । अब ६ वटा राज्यको मत गन्न मात्र बाँकी छ ।

जर्जिया राज्यमा ट्रम्प अगाडि छन् तर बाइडन उनको निकै नजिक छन् । अझै १५ हजार भोट गन्न बाँकी रहँदा ट्रम्प २ हजार भोटले मात्र अघि छन् ।

पेन्सिल्भेनियामा पनि ट्रम्प अगाडि छन्, तर बाइडनले भोट संख्या बढाइरहेका छन् । दुईजनाको मतान्तर २६ हजारमा आएको छ ।

उता एरिजोना राज्यमा बाइडनले ४६ हजार भोटको अग्रता लिइरहेका छन् । ट्रम्प उनको पछिपछि छन् । त्यहाँ लगभग ४ लाख भोट अझै गन्न बाँकी छ ।

नेभाडा राज्यमा बाइडनले १२ हजार भोटको अग्रता लिइरहेका छन् । त्यहाँ अझै डेढ लाखभन्दा बढी भोट गन्न बाँकी छ ।

नर्थ क्यारोलाइनामा ९४ प्रतिशत मत गनिसक्दा ट्रम्पले बाइडनमाथि १.४ प्रतिशत मतको अग्रता लिएका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल