शेयर बजारमा १२.४९ अंकको सुधार

एक साताको करेक्सनपछि आइतबार शेयर बजार दोहोरो अंकले सुधारिएको छ। गत सातामा १२ अंकले घटेकोमा आइतबार एकै दिन १२.४९ अंकको सुधार देखिएको छ। ‍

दसैंलगत्तै ४० अंकभन्दा माथिले सुधारिएको बजारमा गत एक साता नै करेक्सन भयो। प्राविधिक विश्लेषकहरुले अझै बजार अल्पकालिन बुलिस ट्रेण्डमा सञ्चालन हुने विश्लेषण गरे पनि आइतबार दोस्रो बजारमा दोहोरो अंकले सुधारिएर १६४८.५८ अंकमा रोकिएको छ।

वाणिज्य बैंकको सूचक गिरावट हुँदा पनि समग्र नेप्से सूचक भने बढेको छ। बाणिज्य बैंक र विकास बैंकमा सामान्य गिरावट आए पनि बाँकी सूचकमा उछाल आउँदा बजारमा सुधार आएको हो। व्यापारको सूचक ८.५८ प्रतिशतले बढेको छ। हिमालयन डिष्ट्रिलरी, साल्ट ट्रेडिङको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

बजारमा सुधार देखिएसँगै कारोबार रकम तीन अर्ब ५२ करोड रुपैयाँ नाघेको छ। १९८ वटा कम्पनीको शेयर कारोबार हुँदा ११४ वटा कम्पनीको मूल्यमा सुधार आएको छ भने ४५ वटा कम्पनीको मूल्य घटेको छ। सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल