भुवनहरि सिग्देलको उपन्यास ‘लालस’ प्रकाशित

कवि तथा आख्यानकार भुवनहरि सिग्देलको उपन्यास ‘लालस’ प्रकाशित भएको छ ।

साहित्यकार सिग्देलको यो पैँतिसौं कृति हो भने नवौं उपन्यास हो । आइतबार एक समारोहबीच सिग्देलको पुस्तक लोकार्पण भएको हो ।
समालोचक राजकुमार बानियाँ, उपन्यासकारद्वय शैलेन्द्र अधिकारी र तर्कना शर्मा, शोभा पौडेल, सन्तोष दाहाल र लेखक भुवनहरिले संय्क्त रुपमा उपन्यास लोकार्पण गरे ।

‘लालस’ उपन्यासमा विस्मयकारी घटना, लिप्सा, भोक र भोगको मनोविज्ञानलाई केन्द्रीय विषय बनाइएको लेखकको भनाइ छ । कृतिमा संवेदनशील भावुकता, लालित्यपूर्ण भाषाशैली र करुणामय बोध रहेको उल्लेख गरिएको छ ।

यसअघि सिग्देलका ‘आमोई’, ‘रमिलानानी’, ‘अद्भुत तिवारी’ चर्चित कृति थिए । शिखा बुक्सबाट प्रकाशित उपन्यासकोे मूल्य ४ सय २५ रुपैयाँ रहेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल