आईपीएलको उपाधि मुम्बईलाई, दिल्ली ५ विकेटले पराजित

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मुम्बईको यो लगातार दोस्रो तथा समग्रमा पाँचौं उपाधि हो ।

मंगलबार राति युएईमा भएको फाइनलमा रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले श्रीयस् अय्यरको कप्तानीमा रहेको दिल्लीमाथि ५ विकेटको जित दर्ता गर्दै उपाधि पक्का गरेको थियो । दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा पुरा गरको थियो । जसमा कप्तान रोहित शर्माले ५१ बलमा ६८ रनको पारि खेले ।

लक्ष्य पछ्याउने क्रममा मुम्बईका रोहित शर्मा र क्विन्टन डी ककले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । सूर्यकुमार यादव १९ रन बनाएर रन आउट भएपछि क्रिजमा आएका इशान किशन र रोहितले फेरि ४७ रनको साझेदारी गर्दै टिमलाई सहज जित तर्फ अघि बढाएका थिए । रोहित १७ औं ओभरमा आउट हुँदा मुम्बई जित नजिक पुगिसकेको थियो । यस्तै किरोन पोलार्ड ९ रनमा आउट हुँदा हार्दिक पाण्ड्या ३ रनमा आउट हुन पुगे ।

दिल्लीको शुरुआत भने राम्रो रहेको थिएन । २२ रन हुँदा तीन विकेट गुमाएको दिल्लीलाई कप्तान अय्यर र ऋषभ पन्तले सम्हालेका थिए । मुम्बईका तीब्र गतिका बलर ट्रेन्ट बोल्टले मार्कस स्टोइनिसलाई पारिको पहिलो बलमा आउट गरेका थिए । अर्को ओभरमा अजिंक्या रहाने पनि पभेलियन फर्किए भने १५ रन बनाए शिखर धवनलाई जयन्त यादवले आउट गर्दा दिल्ली ३–२२ को अवस्थामा थियो ।

दिल्लीका कप्ता अय्यर र पन्तले ९६ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्कोरतर्फ अघि बढाएका थिए । अय्यर ६५ रनमा नट आउट रहे भने पन्त ५६ रनमा पभेलियन पर्किए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल