इज्जत


हरेकपल सम्वाददाता ६ मंसिर २०७७, शनिबार १६:५४

अघाएकोलाई
अनेक टेकाहरू लगाएर इज्जत धान्नुपर्ने
तैपनि
ती जीवन पर्यन्त
इज्जतको भोको रहिरहन्छन् !

भोकोलाई
इज्जतको हैन
भोकको सवाल हुन्छ
त्यसैले भोको मान्छे
सडक किनार वा टुँडिखेलमा बसेर
मज्जाले
इज्जतसँग भोक खाइरहेको हुन्छ !