चराहरू आफ्नो काम आफैँँ गर्छन्

बिहानै बचेरालाई गुँडमा छाडेर
चराहरू चारो खोज्न
उडेर टाढा–टाढा जान्छन्
भेटेको चारो
आफू पनि  खान्छन्
र बचेराका लागि पनि
चुच्चोमा च्यापेर ल्याउँछन् र ख्वाउँछन् ।


आफ्नो भाषामा सल्लाह गर्ने
चराहरूमा पनि माया हुँदो रहेछ
खुसी हुँदा गीत सुसेल्छन्
रिसाउँदा चिरबिराउँदै कराउँछन्
अनि मिलेर उड्ने, बस्ने र खाने गर्छन् ।
कोहीसँग डराउँदा भुर्र उड्दै भाग्ने
संवेदनाको मन पनि हुँदो रहेछ यिनीहरूको
बचेरा कोरल्नुअघि तनमनका साथ
आफ्नो गुँड बनाएर व्यवस्थित हुने
यी चेतनाका सौन्दर्य शिल्पी ।

छल, कपट, रिस, ईर्ष्या र लोभ नगरी
स्वतन्त्रताको उमङ्गमा पखेटा फटफटाई
हुल बनाएर उड्दै उड्दै कहिले आकाश हुन्छन्
अनि फेरि आफ्नो धरातलमा फर्कन्छन् ।
बचेरा हुर्किन्छन् र उनीहरूले आफैँ
आफ्नो आकाश भेट्छन्
आफ्नो धरातल आफैँ बनाउँछन्
दिन पुगेपछि एकदिन ढल्छन् र
सृष्‍टिको नियममा यिनीहरू आवद्य हुन्छन्  ।

Advertisement

1 प्रतिक्रिया

  • Purushottam Ghimire

    Beautiful poem.

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल