मानव विकास समाज नेपाल र द कोरल युथ क्लब धापासीको संयुक्त आयोजनामा मंसिर २० गते शनिबार रक्तदान हुने भएको छ ।
मानव विकास समाज नेपालको १५ओैं वर्ष तथा द कोरल युथ क्लबको १९ओैँ वर्ष प्रवेशको अवसरमा कार्यक्रम आयोजना गरिएको आयोजक रबिन्द्र श्रेष्ठले जानकारी गराएका छन् ।
बिहान १० बजेदेखि १ः३० सम्मका धापासीस्थित कृष्णमन्दिर नजिकैको इडनब्रिज एकेडेमीको प्रंगणमा कार्यक्रम आयोजना गरिएको छ ।
कोभिड पोजिटिभ लगायतका विरामीहरुको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले रक्तदान शिविर आयोजना गरिएको श्रेष्ठले बताए ।
आयोजक पक्षले रक्तदान कार्यक्रममा सरिक भई पुण्य प्राप्त गर्न र सुखानुभुति प्राप्त गर्न इच्छुक सम्पूर्णलाई अनुरोध गरेको छ ।