तपाईंको आज


हरेकपल January 9, 2021

मितिः २०७७ पौष २५ गते शनिबार

मेष– बाधा व्यावधान उत्पन्न भए पनि काम बन्न सक्छ ।

वृष– शारीरिक, मानसिक अल्छीपनले काम बिग्रिएला ।

मिथुन– कसैको ईर्श्या गर्दा आफ्नै हानि हुने योग छ । मन खिन्न होला ।

कर्कट– प्रेम सम्बन्ध वा दाम्पत्य जीवनमा उतार–चढाव आउने योग छ ।

सिंह– समयसँग चल्न नसके पनि अधुरा काम बन्नेछन् ।

कन्या– व्यार्थको झन्झटमा फस्न सकिन्छ । डरले सताउनेछ ।

तुला– विवादित कार्यबाट टाढा बन्नुहोस् । व्यर्थ व्यात्राको योग छ ।

वृश्चिक– मन खिन्न हुनेछ । पुण्य कर्म गरेर मनलाई प्रशन्न बनाउनु उपयुक्त छ ।

धनु– साथीसँगको यात्राले कष्ट प्रदान गर्नेछ । यात्रामा अघि नबड्नुहोला ।

मकर– व्यभिचार उत्पन्न होला, क्रोध शान्त पार्नुहोला ।

कुम्भ– नैराश्यता छाउनेछ । काममा कट्टिबद्ध भएर लाग्नुहोला ।

मीन– विवादमा फसिएला, वाद–विवादबाट टाढा रहनुहोला ।

अर्पण पोखरेल