अमेरिकी संसद भवनभित्र बुधबार भएको आक्रमणमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । आक्रमणमा परी बुधबार चारजनाको मृत्यु भएको थियो ।
क्यापिटोल प्रहरीले एक वक्तव्य प्रकाशन गरी प्रहरी अधिकृत ब्रायन सिकनिकको बिहीबार राति ज्यान गएको जनाएको छ ।
आक्रमणमा परी घाइते भएका थप एकजनाको बिहीबार मृत्यु भएको हो । मृत्यु हुनेमा प्रहरी भएको बुझिएको छ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले संसदभित्र प्रवेश गरेर व्यापक तोडफोड गरेका थिए ।
ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित भएका उनीहरुले संसदमा जताततै बन्दुक हमला गरेका थिए । प्रहरी कारबाहीमा प्रदर्शनकारीतर्फ एक महिलासहित चारजनाको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार एक जना संसद भवनभित्र र अरु तीन जना संसद भवनको बाहिर मृत्यु भएको थियो ।