बलात्कार पीडितको कुमारित्व परीक्षणमाथि रोक



पाकिस्तानको पञ्जाव प्रान्तमा बलात्कार पीडितहरुको कुमारित्व परीक्षणमाथि रोक लागेको छ । लाहोर उच्च अदालतले यस्तो रोक लगाएको हो ।

यसअघि बलात्कार पीडितको कुमारित्व परीक्षण गर्ने गरिएकोमा यस्तो कार्य निन्दनीय रहेको भन्दै यसलाई प्रतिबन्धित गर्न आलोचकले हाई कोर्टमा याचिका दिएका थिए ।

हाई कोर्टका जज जस्टिस आयशा मलिकले कुमारित्व परीक्षणलाई अवैध बताउँदै ‘एक अपमानजनक प्रथा’ भनिन् । पीडितमाथि शंका गर्नका लागि यसको प्रयोग भइरहेको उनले बताइन् ।

यस परीक्षणमार्फत महिलाको यौन गतिविधिको इतिहास पत्ता लगाउन सकिने दाबी गरिन्छ । न्यायाधीशले भने यसले पीडितको व्यक्तिगत मर्यादामा चोट पुुर्याउने उनले बताइन् ।

अफगानिस्तान, भारत र बंगलादेशमो यो परीक्षण प्रतिबन्धित छ । तर, पाकिस्तानसहित केही देशमा अझै जारी छ ।