स्रोत नखुलेको ३७ लाख नगदसहित नागढुङ्गाबाट एक पक्राउ



प्रहरीले स्रोत नखुलेको ३७ लाख नगद र चेकबुकसहित एकजनालाई पक्राउ गरेको छ । झोलामा लुकाएर ल्याएको अवस्थामा ती व्यक्ति पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चितवनबाट काठमाडौँ आउँदै गरेको बा३ख ९१३९ नंको हाइस गाडीमा चितवन माडीका २६ वर्षीय रामकुमार गुरुङलाई आज पक्राउ गरेको हो ।

पक्राउ गुरुङसँग प्रहरीले रु ३७ लाख नगद, रु सात लाख ११ हजारको ग्लोबल आइएमई बैंकको एक थान चेक बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका गुरुङसँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।