कक्षा १२ को परीक्षाको नतिजा माघको पहिलो साता



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा माघको पहिलो साता गर्ने भएको छ । बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले १० दिन भित्रमा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएका छन् ।

बोर्डले पुसभित्रैमा नतिजा प्रकाश गर्ने तयारी गरेको भए पनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको पौडेलले बताएका छन् ।

गत वैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण मंसिरमा सरेको थियो । शैक्षिक सत्रमा केही ढिलाइ भए पनि माघ पहिलो साता भित्रै नतिजा प्रकाशन गरिसक्ने उनले बताए ।

कक्षा ११ को पाठ्यक्रमबारे अदालतमा परेको मुद्दा विचाराधीन रहेकाले विद्यार्थीहरु अन्योलमा परेका छन् । शैक्षिक सत्र सकिनै लाग्ने बेलासम्म पनि कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने कि पुरानो पढाउने भन्नेबारे निर्णय नहुँदा लाखौँ विद्यार्थी मर्कामा परेका छन् ।