सुनको मूल्य ६ सयले बढ्यो



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य वृद्धि भएर तोलाको ९२ हजार ८०० रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँ कायम भएको सुन आइतार तोलामा ९३ हजार ३०० र सोमबार ९२ हजार २०० रुपैयाँ रहेको थियो ।

मंगलबार तेजाबी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ ।

चाँदी मंगलबार १२५० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी तोलामा १२३० रुपैयाँमा कारोबार भएको थियो ।