कार दुर्घटनामा परे भारतका केन्द्रीय मन्त्री, श्रीमती र पिएको मृत्यु



भारतका एक केन्द्रीय मन्त्री चढेको कार दुर्घटना भएको छ । मन्त्री श्रीपद नाइक सवार कार सोमबार कर्नाटकका दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा उनकी श्रीमती र पिएको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कारमा चारजना सवार थिए । यो दुर्घटना कर्नाटकको अंकोलामा भएको थियो । श्रीमती विजया नाइक र पिएको घटनास्थलमै मृत्यु भएको हो ।

मन्त्री नायक पनि गम्भीर घाइते भएका छन् । उनको स्वास्थयअवस्था स्थिर रहेको बताइएको छ ।