कांग्रेसको १५ वर्षे कार्ययोजनाको खाका तय गर्न प्रवक्ता शर्माको संयोजकत्वमा कार्यदल गठन



नेपाली कांग्रेसले पार्टीको १५ वर्षे कार्ययोजनाको खाका तय गर्न प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदललाई आगामी १५ वर्षे परिकल्पनाको प्रारम्भिक खाका तय गर्ने जिम्मेवारी दिइएको छ । प्रवक्ता शर्मा पार्टीको सूचना, सञ्चार एवं प्रचार विभागका संयोजक पनि हुन् ।

कांग्रेसले आफ्नो पार्टीले सरकार सञ्चालन गरेको समयमा भएका कमि–कमजोरी अध्ययन गर्न पनि कार्यदल बनाएको छ । सो कार्यदलको संयोजकमा डा. सुरेश आचार्यलाई चयन गरिएको छ ।

त्यसैगरी, कम्युनिष्ट सरकारको भनाइ र गराइ अध्ययन गर्न गोपाल कुमार झालाई संयोजक तोकिएको छ । कांग्रेसकै कारण नीति र नेतृत्वमा प्राप्त उपलब्धिको अध्ययन गर्न डा. सञ्जय महतोलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, रामचन्द्र घिमिरेलाई कांग्रेसको नेतृत्वको सरकारले गरेका हासिल राजनीतिक र सामाजिक उपलब्धि अध्ययन गर्न जिम्मेवारी दिइएको छ ।

सूचना, सञ्चार एवं प्रचार विभागको बैठकले मितव्ययी निर्वाचन व्यवस्थापन गर्न अध्ययनका लागि दिनेश थापा मगर संयोजक तोकिएको छ।