बझाङमा बँदेलको आक्रमणबाट चार घाइते


हरेकपल January 24, 2021

बझाङ । बँदेलको आक्रमणबाट बझाङमा चार जना घाइते भएका छन्। बुङ्गल नगरपालिका–३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको हो ।

बुङ्गलको पारिमेलाका २३ वर्षीय विर्जित कुँवर, सोही वडाका २१ वर्षीया सङ्गीता बोहरा र २५ वर्षीया पिरमजला बोहरा बँदेलको आक्रमणबाट घाइते भएका हुन्। घाइते अर्का व्यक्तिको नाम खुलेको छैन। खेतमा गहुँ खान आएको बँदेललाई धपाउँने क्रममा उनीहरुलाई बँदेलले आक्रमण गरेको स्थानीयवासीले बताए ।

आक्रमणबाट विर्जितको दायाँ खुट्टामा, पिरमजलाको खुट्टा र पिठ्युँमा तथा सङ्गीताको हात, खुट्टा र पिठ्युँमा घाउ भएको छ । उनीहरुको खोल्लेक स्वास्थ्य कार्यालयमा प्राथामिक उपचार गरिएको छ। विर्जितको बुङ्गल फार्मेसीमा उपचार भइरहेको स्थानीय सुरेश कुँवरले जानकारी दिए।