ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई चालक पक्राउ


हरेकपल January 24, 2021

काठमाडौँ । डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई चालक पक्राउ परेका छन् ।

शनिबार राति कलंकी खसीबजार सडकखण्डमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई बा ४ ख ७३२५ नम्बरको टिप्पर चालक रामहरी थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए ।

ट्राफिक प्रहरीले गाडीको कागजात माग्दा चालक थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै शनिबार राति नै सोही सडकखण्डमा को १ ख ५००४ नम्बरको टिप्पर चालक कुलबहादुर घलानले पनि ट्राफिक प्रहरीलाई दुई सय रुपैयाँ घुस दिन खोजेका थिए । दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।