नेपालमा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिए, सातजनाको मृत्यु


हरेकपल January 24, 2021

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ४०३ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना लागेर निको भएका व्यक्तिको संख्या दुई लाख ६४ हजार १३७ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । यससँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार एकजना पुगेको छ ।

हाल तीन हजार ३१२ जना आइसोलेशनमा र १४५ जना क्वारेन्टिनमा छन् । तीन हजार ३१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।