४९ वर्षका मुख्यमन्त्री राईले २३ वर्षीया मोडलसँग गरे विवाह


हरेकपल January 24, 2021

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ४९ वर्षको उमेरमा २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह गरेका छन् ।

लामो समयमा प्रेम सम्वन्धमा रहेका उनीहरुले आइतबार वैवाहिक सम्बन्धमा गाँसिएका हुन् ।

कोरोनाका कारण देखाउँदै मुख्यमन्त्रीको विवाहमा थोरै मात्र पाहुना सहभागी भए । दुवै पक्षका गरी करिब ५० जनाको मात्रै सहभागिता रहेको बताइएको छ ।

वैवाहिक कार्यक्रममा सञ्चारमाध्यमलाई प्रवेश दिइएको छैन ।