गायक दुर्गेश थापालाई पुत्रलाभ


हरेकपल January 24, 2021

गायक दुर्गेश थापा र उनकी श्रीमती प्राची लामालाई पुत्रलाभ भएको छ । लामाले शनिबार बिहान करिब ८ बजे सन्तानलाई जन्म दिएकी हुन् ।

काठमाण्डौको ह्याम्स अस्पतालमा प्राचीले छोरालाई जन्म दिएकी हुन् । अहिले आमा र छोरा दुवैको स्वास्थ्य अवस्था राम्रो छ ।

एक वर्षअघि दुर्गेश र प्राचीले बिहे गरेको खुलेको छ । पेटमा बच्चा आएपछि उनीहरुले सम्बन्धलाई सामाजिक सञ्जालबाट खुलाउने प्रयास गरेका थिए ।