केपी ओलीलाई पार्टीकाे साधारण सदस्यबाट हटाइयाे


हरेकपल January 24, 2021

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाएको छ ।

पार्टी कार्यालय परिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।

बैठक पछि संचारकर्मीहरु सँग बोल्दै नेता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्ष समेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंन गरेकोले कारबाही गरेको बताउनु भयो ।

प्रधानमन्त्रिले संसद विघटनगरे लगत्तै असन्तुष्ट बनेका प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई यसअघिको बैठकले कारबाही किन नगर्ने भनि स्पष्टीकरण सोधेको थियो ।

यस्तै आज बसेको स्थायी कमिटी बैठकले पार्टी केन्द्रिय कार्यालयको सचिवमा स्थाई समिति सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

प्रचण्ड नेपाल पक्षको स्थायी कमिटीको अर्काे बैठक दुई दिनपछि बस्ने भएको छ ।