६५ रुपैयामा खाना खुवाउने रहस्यको खुलासा


हरेकपल March 13, 2021

हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्त । बुबा बिष्णुप्रसाद पन्त र आमा सितादेवी पन्तको कान्छो छोराको रुपमा पाल्पाको रामपुरमा जन्मनुभएका पन्त आफैमा संघर्षको अर्काे नाम हो । उहाँले काठमाडौमा आएर धेरै संघर्ष गर्नुभयो । काम गरेर कोही पनि सानो हुदैन भन्ने सिद्धान्तका धनि पन्तले काठमाडौंमा आएर धेरै संघर्ष गर्नुभयो ।

उहाँकै पहलमा काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सस्तोमा ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काठमाडौंको अनामनगर र कलंकीमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

रेस्टुरेन्टबाट भएको बचतले अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिन्छ । हाम्रो टीम नेपालले गत वर्ष चैत ११ गतेदेखि लकडाउन भएपछि काठमाडौं उपत्यकामा रोजगारी गुमाएर खाना नपाएका मानिसहरुलाई निःशुल्क खाना खुवाउँदै आएको छ । कार्यक्रम फरकपानाको यो अंकमा अतिथिका रुपमा हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्त हुनुहुन्छ । अब लागौं पन्तको फरकपाना पल्टाउनतर्फ ।

भिडियो हेर्नुहोस्