सुनको मूल्यमा सामान्य गिरावट


हरेकपल March 22, 2021


काठमाडौं। सोमबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको छ। यो सँगै सुन प्रतितोला ८७ हजार कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि आइतबार सुन तोलको ८७ हजार दुई सयमा कारोबार भएको थियो।

यस्तै सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको छ। आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँ कायम थियो।