भारतमा संक्रमित बढेको बढ्यौ, एकै दिन थपिए ६८ हजार


हरेकपल March 29, 2021

विश्वभर फैलिएको कोरोना संक्रमित देशको सूचीमा तेस्रो नम्बरमा निरन्तर रहँदै आएको भारतमा अझै कोरोना संक्रमित बढेको बढ्यै छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित सूचीको एक नम्बरमा अमेरिका र दोस्रोमा ब्राजिल छन् । तेस्रो प्रभावित राष्ट्र भारतमा गएको २४ घण्टामा ६८ हजार २० नयाँ कोरोना संक्रमित थपिएका छन्।

भारतमा लगातार तीन दिनयता ६० हजारभन्दा बढी संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा २९१ को मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड २० लाख ३९ हजार ६४४ पुगेको छ। यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६१ हजार पुगेको छ।