बलिउड अभिनेत्री आलियालाई कोरोना संक्रमण


Harek Pal April 2, 2021

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ।

आलियाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छिन्।

बिहीबार राति २८ वर्षीया अभिनेत्री आलियाले आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेको जानकारी दिएकी हुन्।

चिकित्सकको सल्लाह बमोजिम स्वास्थ्य सावधानी अपनाइरहेको उनले बताएकी छिन्।