एजेन्सी । म्यानमारमा त्यहाँको सेनाले हालसम्म ४३ बालबालिकाको हत्या गरेको छ।
बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सेभ द चिल्ड्रेनका अनुसार सैन्य शासनको विरोधमा भएका प्रदर्शनका क्रममा ति बालबालिकाको ज्यान लिएको हो ।
सेभ द चिल्ड्रेनले म्यानमारको अवस्था डरलाग्दो भएको जनाएको छ । ज्यान गुमाउनेमा ६ वर्षीया बालिका समेत छिन्। सेनाले शासन हातमा लिएसँगै हालसम्म ५३६ जनाले ज्यान गुमाइसकेका छन्।
संयुक्त राष्ट्र संघका एक अधिकारीले म्यानमारमा रक्तपात अझै बढ्न सक्ने खतरा रहेको बताएका छन्।