अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा एमाले बागमती प्रदेश समिति गठन (सूचीसहित)


हरेकपल April 6, 2021

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बागमती प्रदेशमा समानान्तर समिति बनाएको छ।

नेपाल–खनाल पक्षको मंगलबार काठमाडौँमा बसेको बागमती प्रदेश कमिटीको बैठकले स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा समानान्तर प्रदेश समिति घोषणा गरेको हो।