गण्डकी प्रदेश सरकारका माओवादी मन्त्रीले दिए राजीनामा


हरेकपल April 7, 2021

गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)सम्बद्ध दुई मन्त्रीले राजीनामा दिएका छन्। उनीहरुले पार्टीको निर्देशन बमोजिम राजीनामा बुझाएका हुन्।

राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगर छन् ।

उनीहरुले मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ समक्ष राजीनामा बुझाएका हुन्।

दुवैजना मन्त्रीले बुधबार दिउँसो एक बजे राजीनामा बुझाएका हुन् ।