सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा नेपाल–खनाल समूहको समानान्तर कमिटी


हरेकपल April 7, 2021

नेकपा एमालेको नेपाल–खनाल समूहले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा समानान्तर कमिटी बनाएको छ ।

नेता भीम रावलको सक्रियतामा ९ जिल्लामा बुधबार समानान्तर कमिटि गठन भएको हो । ६ जिल्लामा यसअघि नै सो समूहका अध्यक्ष थिए ।

समानान्तर कमिटीको अध्यक्षमा क्रमशः डडेल्धुरामा डा. तारा जोशी, डोटीमा चक्र मल्ल, बझाङमा दिलबहादुर सिंह, बैतडीमा महादेव भट्ट र बाजुरामा गगन रावल चयन भएका छन् ।

अछाममा समानान्तर कमिटिको अध्यक्ष शेरबहादुर कुँवर बनेका छन् । दार्चुलामा ज्ञानेन्द्र घर्ती समानान्तर कमिटीको अध्यक्ष बनेका छन् । उनी यसअघि यसअघि उपसचिव रहेका थिए ।