एल क्लासिकाेमा रियल मड्रिड विजयी


Harek Pal April 11, 2021

स्पेनिस ला लिगाको एल क्लासिकोमा बार्सिलोनामाथि २–१ गोल अन्तरको जित दर्ता गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा रियलले बार्सिलोनालाई पराजित गर्दै ३० खेलबाट ६६ अंक पुर्‍याएको रियल शीर्ष स्थानमा उक्लिएको हो । समान ६६ अंक रहेको एट्लेटिको मड्रिड भने दोस्रो स्थानमा रहेको छ ।

एट्लेटिकोले २९ खेल खेलेको छ ।
घरेलु मैदानमा बार्सिलोनाविरुद्ध जित निकाल्दा रियलका लागि करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गर्दा ओस्करले एक गोल फर्काएका थिए । यस्तै रियलका कासिमेरोले ९० औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेपछि केही बेर १० खेलाडीमा सिमित पनि भएको थियो ।

बेन्जिमाले १३ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा क्रुसले गोल थपेपछि पहिलो हाफमा रियल २–० ले अघि बढेको थियो ।

दोस्रो हाफमा बार्सिलोनाले एक गोल फर्काए पनि हार भने टार्न सकेन । ओस्करले ६० औं मिनेटमा बार्सिलोनाका लागि गोल फर्काएका थिए । यो नतिजासँगै पराजित भएको बार्सिलोना ६५ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

शनिबार राति नै भएका ला लिगा अन्तर्गतका खेलमा कार्डिजले गेटाफेलाई १–० गोल अन्तरले पराजित गर्दा सोही नतिजामा लेभान्टेसँग एइबर पनि स्तब्ध भयो । यस्तै एथ्लेटिको बिल्बाओ र अलाभेसले भने गोलरहित बराबरी खेल्दै एक एक अंकमा चित्त बुझाएका छन् ।