एट्लेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा


Harek Pal April 12, 2021

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिड रियल बेटिससँग एक एक गोलको बराबरीमा रोकिएको छ । खेलमा अग्रता भने एट्लेटिकोले लिएको थियो ।

एट्लेटिकोका लागि यान्निक कारास्कोले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, घरेलु टोली रियल बेटिसका क्रिस्टियन टेलोले २० औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि थप गोल नभएपछि दुवै टिमले एक एक अंकमा चित्त बुझाएका छन् ।

यो नतिजापछि एट्लेटिको मड्रिड एक अंकले रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । एल क्लासिको अन्तर्गत शनिबार रातिको खेलमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो ।

अहिले शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ६७ अंक छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको ६६ अंक रहेको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाले ६५ अंक जोडेको छ ।

एट्लेटिको मड्रिडसँग बराबरी खेलेको रियल बेटिको ४७ अंक रहेको छ । उ अहिले तालिकाको छैटौं स्थानमा छ ।