सरिता अर्यालको ‘मेरो अपहरण’ कृतिलार्ई ‘उत्तम शान्ति पुरस्कार


हरेकपल April 12, 2021

उत्तम कुँवर स्मारक पुरस्कार गुठीले सरिता अर्यालको “मेरो अपहरण” शीर्षकको कृतिलार्ई “उत्तमशान्ति पुरस्कार” दिने भएको छ ।

२०४४ सालदेखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई उत्तमशान्ति पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ ।

पुरस्कार गुठीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यसै क्रममा नियात्रा निबन्धका फाँटमा रागात्मक मानवीय अनुभूतिलाई चुस्त पत्रकारी शैलीमार्फत निस्पष्ट दृष्टि तथा मार्मिक पीडाको उत्खनन गरी संत्रास एवम् संघर्षकोे गहिराई तथा जीवनप्रतिका विश्वाशलाई कलात्मक उचाईका साथ प्रतिबिम्बन गर्दै नेपाली नियात्रा साहित्यको बिकासमा विशिष्ट योगदान गरेबापत सर्जक श्री सरिता अर्यालको “मेरो अपहरण” शीर्षकको कृतिलार्ई ताम्रपत्र र नगद राशी रु एक लाख सहितको २०७६ सालको “उत्तमशान्ति पुरस्कार” समर्पणगर्ने निर्णय गरेकोे छ ।’

पुरस्कार समर्पण २०७८ साल जेठ १२ गते बुधवार गरिने पुरस्कार गुठीले जनाएको छ ।