सुनको मूल्य सामान्य बढ्यो


हरेकपल April 18, 2021


काठमाडौं ।
सुनको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार ७ सय रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै, शुक्रबार प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आइतबार ९० हजार २ सय रुपैयाँमा खरिद विक्रि भएको छ । चाँदीको मुल्य भने स्थिर रहदै १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।