कोरोना स्कूल मास्टरमाइन अबाकसको कन्ट्री फ्रन्चाइजी छनौट


हरेकपल April 23, 2021

काठमाडौं । कोरोना स्कूल नेपालका लागि मास्टरमाइन्ड अबाकसको लागि कन्ट्री फ्रन्चाइजीको रूपमा छनौट भएको छ। मास्टरमाइन्ड अबाकस एक बहुराष्ट्रिय कम्पनी हो र यसको उपस्थिति विश्वभरि १२ बिभिन्न देशहरूमा रहेको छ ।

कोरोना स्कूलको प्रगतिशील र गतिविधिमा आधारित शिक्षण प्रक्रियाको कारण कन्ट्री फ्रन्चाइजी को रूपमा छनौट गरिएको बताईएको छ । मास्टरमाइन्ड अबाकसको लागि कोरोना स्कूललाई ​​कन्ट्री फ्रन्चाइजी नियुक्ती गरिनुमा लगातार बालकेन्द्रित शिक्षण पद्धतिको प्रमुख कारण रहेको बताइएको छ ।

विद्यार्थीहरूलाई उच्च उचाइमा पुग्न कोरोना स्कूलको ठूलो सम्भाव्यता देखेको मास्टरमाइन्ड अबाकसका उपाध्यक्ष राजेश झा बताउँछन् । उनका अनुसार यहि कारणले कोरोना स्कूललाई ​ कन्ट्री फ्रान्चाइजी नियुक्त गर्न प्रेरित गरेको हो ।

झाका अनुसार यदि स्थिति सामान्य भएमा झन्डै ५० वटा अन्तर्राष्ट्रिय अबाकस च्याम्पिन्स कोरोना स्कूलमा ल्याउने योजना बनाइएको छ । अबाकसले अंकगणित गणनामा ५ गुणा सुधारको साथ बच्चाहरूलाई गति र सटीकताका साथ गणना गर्न सक्ने बनाउने दाबी गर्छिन् कोरोना स्कूलकी संयोजक देविना श्रेष्ठ । यसले दृश्य स्मृति, अवरोध, सम्झना र आत्मविश्वास जस्ता उन्नत समग्र शिक्षा क्षमताहरू देखाउँने उनको दाबी छ । यसले बच्चाको सम्पूर्ण दिमागको विकासलाई संकेत गर्ने र बच्चा पहिले भन्दा बढी तेज र बुद्धिमान हुने उनी बताउछिन् ।