कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना


हरेकपल April 25, 2021

हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन्। कोरोना भाइरसको संक्रमण देखिएपछि होम आइसोलेसन बसेका उनी छातीमा समस्या देखिएपछि शुक्रबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका हुन् ।

श्रेष्ठले संक्रमण पुष्टि भएपछि वैशाख ६ गते फेसबुकमार्फत आफूलगायत परिवारका सदस्यहरु छोरा यमन, छोरी सराना र बुहारी रिंकु होम आइसोलेसन बसेको जनकारी गराएका थिए।

चिकित्सकको सल्लाह बमोजिम उनको अस्पतालमै उपचार भइरहेको अस्पतालले जनाएको छ।