सहकारी अभियन्ता योगराज पौडेलको निधन


हरेकपल April 25, 2021

काठमाडौं, १२ वैशाख । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष एवम् सूचना चौतारी सञ्चार सहकारी संस्थाका संस्थापक सदस्य सहकारी अभियन्ता योगराज पौडेलको निधन भएको छ।

आज विहान ३ बजे केएमसी अस्पताल सिनामंगलमा ह्र्दयघातबाट पौडेलको ५३ वर्षको उमेरमा असामयिक निधन भएको हो । उहाँको अन्तिम संस्कार आज बिहान पशुपति आर्यघाटमा गरिएको थियो ।

उहाँको निधनको खबरले संस्था स्तब्ध र मर्महात भएको छ । सहकारी क्षेत्रका प्रेरणाका स्रोत पौडेलको निधनले संस्थाले अभिभावक गुमाएको महसुस गरेको छ । संस्थाको विकासकालागि उहाँले खेल्नु भएको भूमिका अतुलनीय छ ।

दुःखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था र सूचना चौतारी सञ्चार सहकारी संस्थाका तर्फबाट उहाँ प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौ । साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।