शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजको वार्षिकोत्सव सम्पन्न


हरेकपल April 27, 2021

काठमाडौ । शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजको वार्षिकोत्सव गुन्द्रुक–मकै–भटमास, स्रष्टा सम्मान र रचना वाचनका कार्यक्रमका साथ सम्पन्न भएको छ ।

शिवपुरी सन्देश साहित्यिक त्रैमासिक पत्रिकाका लेखक, प्रकाशक, पाठक, सम्पादन समूह र शुभेच्छुकहरूको साथमा टोखा नगरपालिका १ बडेश्वर झर्नास्थित महादेव मन्दिरको प्राङ्गणमा शनिबार सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथिले विष्णुपुष्पा साहित्यिक पत्रकारिता पुरस्कार तथा सम्मान, शिवपुरी गजल सम्मान र पुरस्कार तथा मानशोभा प्रतिभा पुरस्कार तथा सम्मानबाट सम्मानित स्रष्टाहरू प्रकाश घायल (शिवपुरी गजल सम्मान २०७६) राबत (शिवपुरी गजल सम्मान २०७७) गोर्खे साइँलो, डा. भीष्मकुमार भुसाललाई सम्मानपत्र, वियोगी बुढाथोकीले रूद्राक्षको माला र लक्ष्मी भट्टराईले फूलको माला लगाएर बधाई ज्ञापन गर्नुभएको थियो । सो अवसरमा साहित्यकार विष्णुबहादुर सिंहको ‘पहिरो सँगसँगै’ कृति र शिवपुरी सन्देशको ९१ औं अङ्क पनि लोकार्पण गरिएको थियो ।

कार्यक्रममा टोखा न. पा. १ का वडाअध्यक्ष श्रीकृष्ण अधिकारी, साहित्यकारहरू त्रिभुवनचन्द्र वाग्ले, प्रकाश घायल, विष्णुबहादुर सिंह, एच. के धिताल, रूपा रिसाल चािलसे, माधव विडारी, रेणु अधिकारी मौनता, जगदिश अधिकारी, इन्दिरा रेग्मी, पिंडालु पन्डित, विनोद नेपाल, शम्भुप्रसाद गजुरेल, मदनप्रसाद नेपाल, दीपक लोहनी, माधव घिमिरे अटल, गोर्खे साइँलो, मिना लामिछाने, सुरेश वैद्य, सुष्मिता श्रेष्ठ, भोला दुलाल, डा. भीष्मकुमार भुसाल,गंगा आचार्य सेढाई, विमला अधिकारी देवकोटा, हरिओम अधिकारी, बद्री उप्रेती, रूद्र अधिकारी, रविन्द्र आशिष शैली, शिला अधिकारी, प्रोल्लास सिन्धुलीय, लक्ष्मी भट्टराई परिधि, राजु स्याङतान, राबत, गोकुलप्रसाद धिताल, राजु बुढाथोकी, लव खड्का, राजकुमार बानियाँ, किशोर अधिकारी, राज अधिकारी, अष्टकुमार श्रेष्ठ, रामेश्वर के.सी, आँचलकुमार शर्मा, गणेश बाबु अधिकारी बाबू, रोम लम्साल, सारिका लुइँटेल, राजेन्द्रप्रसाद भट्ट ‘हावा’, जयबहादुर घिमिरे, जनार्दन घिमिरे, निशेष बुढाथोकी, सन्तोष लामिछाने र विजय थापा लगायत चार दर्जनभन्दा बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थितमध्ये २७ जना स्रष्टाले आआफ्ना रचना वाचन गरेका थिए । राजकुमार बानियाँ, दीपक लोहनी र प्रोल्लास सिन्धुलीयको निर्णायक मण्डलले वाचित रचनामध्ये उत्कृष्ट पाँच ठहर्याएका रचनालाई पुरस्कृत पनि गरिएको थियो । सम्मानित स्रष्टाहरूको सङ्क्षिप्त परिचय शिवपृरी सन्देशका प्रधान सम्पादक वियोगी बुढाथोकीले प्रस्तुत गर्नुभएको थियो भने टोखा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्ण अधिकारी र स्थानीय आयोजक साहित्यकार एच.के.धिताल र अर्का साहित्यकार माधव विडारीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको सभापतित्व ‘शिवपुरी सन्देश’ पत्रिकाको ८८ औँ अङ्क(बूढानीलकण्ठ नगरपालिका अङ्क)लाई बनाइएको थियो ।