प्रविन बेडवालको स्वरमा ‘एउटै तस्बिर’ रिलिज (भिडियोसहित)


हरेकपल April 29, 2021

हरि लम्सालको संगीत तथा प्रविन बेडवालको स्वरमा रहेको गीत ‘एउटै तस्बिर’ रिलिज भएको छ । यो गीतको अडियो तथा भिडियो मानस राज नामक यूट्युब च्यानलबाट रिलिज भएको हो । यो गीतका शब्दकार दीपेन्द्र के थापा हुन् ।

गीतको भिडियोमा सञ्चारकर्मी, अभिनेता तथा निर्देशक दिनेश डिसी, गायक तथा संगीतकार मानस राज, गायक भीम विष्ट र मोडल पुनम गौतमको अभिनय छ । गीतको भिडियोमा युवतीको प्रेमिल कल्पनामा रमाइरहेका तीन उमेर समूहका पुरुषलाई देखाइएको छ ।

सञ्चारकर्मी डिसी हाल कान्तिपुर टेलिभिजन, कान्तिपुर एफएम तथा कान्तिपुर सिनेप्लेक्स टिभिका स्टेशन हेड हुन् । यस भिडियोका अभिनेता मानसको ‘भाइरल भइदियो’ बोलको गीत बहुचर्चित बनेको थियो भने अर्को गीत हिरो भाइरल भइदियो २ लाई पनि लाखौंले हेरेका छन् ।

गायक भीमका गीतहरु ‘मिनरल वाटर’ तथा ‘चम्चा पिलेट’ चर्चित छन् । यो गीतको भिडियोको निर्देशन माइकल चन्दले गरेका छन् ।

भिडियोमा छायांकन उत्सव दाहाल र सम्पादन तथा कलर ग्रेडिङ शिलन लम्सालको रहेको छ ।