अमेरिका र अष्ट्रेलियाले भारतमाथि लगाए यात्रा प्रतिबन्ध


हरेकपल May 1, 2021

अष्ट्रेलियाले भारतबाट फर्किने आफ्ना नागरिकलाई पाँच वर्ष कैद र जरिवाना लगाउने भएको छ । भारतमा कोरोना महामारी अत्यन्त फैलिएपछि अष्ट्रेलियाले भारतमाथि यात्रा प्रतिबन्ध लगाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारतबाट अष्ट्रेलिया पुगेकाहरुमा सङ्क्रमणको अनुपातलाई हेरेर उक्त निर्णय गरिएको हो।

गत साता मात्रै अष्ट्रेलियाले भारतसँगको सबै विमान अवतरणमा प्रतिबन्ध लगाएको अष्ट्रेलियाको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

भारतमा हाल करिब नौ हजार अष्ट्रेलियाली छन् । अष्ट्रेलियाले पहिलोपटक आफ्नै नागरिकलाई अपराधीको दर्जामा राखेको छ।

सोमबारबाट उक्त मापदण्ड लागू हुँदैछ। १५ मेमा उक्त निर्णयको पुनरावलोकन हुने जनाइएको अष्ट्रेलियाली सञ्चारमाध्यमले जनाएका छन् ।

यो नियम उल्लघंन गर्नेलाई पाँच वर्षको कैद सजाय वा ६६ हजार अष्ट्रेलियन डलरको जरिवाना वा दुवै सजाय हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अमेरिकाले पनि भारतमाथि यात्रा प्रतिबन्ध लगाएको छ। ४ मेबाट लागू हुनेगरि अमेरिकाले भारतमाथि यस्तो प्रतिवबन्ध लगाएको हो।

पछिल्लो एक हप्तामा मात्र दश लाख भन्दा धेरै मानिसमा संक्रमण पाइएको छ। अहिलेसम्म कोरोनाका कारण भारतमा २ लाख ११ हजर ७ सय ७८ जनाले ज्यान गुमाएका छन्।