सुनको मूल्य सामान्य बढ्यो


Harek Pal May 2, 2021


काठमाडौँ । सुनको भाउ सामान्य बढेको छ ।
आज सुनको भाउ १०० रुपैयाँ बढेर प्रतितोला ९० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाल सुनको भाउ ८९ हजार ९०० रुपैयाँ तोकिएको थियो । सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ८९ हजार ५०० रुपैयाँ रहेको ।

यता, आज चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँ पर्ने महासंघले जनाएको छ । चाँदीको भाउ आज स्थिर रहेको हो ।