अमेरिकी आइडलको उत्कृष्ट सातभित्र प्रवेश गरे नेपाली युवा दिवेश


हरेकपल May 3, 2021

नेपाली युवा दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकी आइडलको उत्कृष्ट सातभित्र प्रवेश गरेका छन् ।

अघिल्लो १८औँ संस्करणमा दोस्रो बनेका पोखरेल पछिल्लो संस्करणमा पनि उत्कृष्ट सातमा परेको गायन रियालिटी सोले अफिसियल ट्विटरमार्फत जानकारी गराएको छ ।

कोरोना महामारीका कारण अडिसनलगायत कार्यक्रम प्रभावित भएपछि अमेरिकी आइडलले गतवर्षका १० जना प्रतिस्पर्धीलाई पुनः गायनको मौका दिएको हो ।

नेपालमा जन्मिएका पोखरेलको गायकीलाई अमेरिकी आइडलका निर्णायकले रुचाउँदै आएका छन् ।