चट्याङ लागेर एक वडा सदस्यको मृत्यु


Harek Pal May 4, 2021

बैतडी।
चट्याङ लागेर बैतडीमा एक जनप्रतिनिधिको मृत्यु भएको छ । मृत्य हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ का वडा सदस्य गोविन्दसिंह भण्डारी रहेका छन् । वडा सदस्य भण्डारीको सोमबार राती साढे ८ बजे परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख हरिशरण भट्टले जानकारी दिए ।
घर नजिकै गहुँमकै पिस्ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दर्शन खड्का नेतृत्वको टाली अहिले घटनास्थल पुगेको छ ।
मृतक वडा सदस्य राप्रपाबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित हुन् ।