कांग्रेस प्रवक्ता शर्माले दुई साताका लागि पार्टीको जिम्मेवारीबाट बिदा लिए


हरेकपल May 4, 2021

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट बिदा लिएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले आफू दुई हप्ताका लागि पार्टीको जिम्मेवारीबाट अलग भएको बताउनुभएको हो ।

कोरोना सङ्क्रमण भएपछि होम आइसोलेशनमा रहनुभएका शर्माले स्वस्थ भएर छिट्टै नै पूर्ण जाँगरसहित काममा फर्कने पनि बताउनुभएको छ ।

साथै उहाँले स्वास्थ्य लाभको कामना गर्ने शुभेच्छुकप्रति धन्यवाद दिनुभएको छ ।