उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक सुरु, निषेधाज्ञा बढाइने


हरेकपल May 4, 2021

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक भर्खरै सुरु भएको छ ।

आजको बैठकले निषेधाज्ञाको समिक्षा गर्दै थप कडाइको साथ निषेधाज्ञा बढाउने निर्णय गर्ने बुझिएको छ ।

सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो ।

नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै सात दिनका लागि जारी गरिएको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै छ ।