माधव समूह विपक्षी गठबन्धनलाई साथ दिने वा २७ गतेअघि सांसदबाट राजीनामा गर्ने मनस्थितिमा


हरेकपल May 4, 2021

प्रधानमनत्री केपी ओलीले आगामी २७ गते विश्वासको मत लिने तयारी गरिरहँदा एमलेको असन्तíट पक्ष गम्भीर छलफलमा लागेको छ ।

नेकपा एमालेको माधव–झलनाथ समूह वैशाख २७ गते आह्वान गरिएको प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउन जुटेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै साथ दिने वा कांग्रेस–माओवादी गठबन्धनलाई सघाउनेबारे छलफल भइको छ ।

अहिले नै निष्कर्षम नपुगे पनि गम्भीर निष्कर्ष निस्किने बताइएको छ । एक सांसदले एमाले पार्टीमा नै रहने कि नरहने तय गर्ने मोडमा पुगेको बताए।

सो समूहले आगामी २७ गतेको संसद अधिवेशनमा विपक्षी गठबन्धनलाई साथ दिने सम्भावना बढेको छ ।

अथवा, २७ गतेअघि नै सबैले सांसद पदबाट राजीनामा गर्नेबारे पनि छलफल भएको बताइएको छ ।