एकैदिन थपिए ७ हजार ६६० संक्रमित, ५५ जनाको मृत्यु


Harek Pal May 4, 2021

काठमाडौं ‍। नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित भएका छन्। यो संख्या हालसम्मको उच्च हो।

१६ हजार १३१ जनाको पिसिआर तथा ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल ५९ हजार ७९८ सक्रिय संक्रमित छन्। तिमध्ये २५३ संक्रमित क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा एक हजार ७७५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ। एकै दिन मृत्यु भएको संख्या यो हालसम्मकै बढी हो। योसहित नेपालमा कोरोनाबाट मर्नेको संख्या ३ हजार ४१७ पुगेको छ।