ओलीलाई विश्वासको मत पाउनबाट असफल बनाउने कांग्रेसको निर्णय, अध्यादेशको विरोध


Harek Pal May 4, 2021

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पाउनबाट असफल गराउने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारीको बैठकले ओलीलाई विश्वासको मत पाउनबाट रोक्ने निर्णय गरेको हो ।

पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतका अनुसार ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको छ ।

कांगेसले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेको छ ।